पूजाको खुलेको पहिरन

अभिनेत्री पूजा शर्मा जसरी मिडियामा कुराकानी गर्न माहिर छिन्, उस्तै माहिर पहिरन लगाउन पनि छिन् । यहिकारणले गर्दा पनि पूजाको तस्बिर मिडियामा विशेष हाइलाइटमा रहने गर्छ ।

शुक्रबार बेलुकी आयोजना भएको फान अवार्डमा पनि पूजा बोल्ड बनेर पुगिन् । मिडियाको क्यामेरा अगाडि तस्बिर खिचाउने क्रममा पूजा अझै खुलिन् । प्राय कलाकार आफू नोमिनेशनमा नपरेको समयमा अवार्ड कार्यक्रममा सहभागी हुँदैनन् ।

तर, पूजा भने अवार्ड समारोहमा पुगिन् र गफिइन् । उनले, नेपाली फिल्म क्षेत्रको विकासका लागि गरिएको अवार्ड भएकाले पनि नोमिनेशनमा नपर्दैमा सहभागी हुनै नहुने भन्ने नरहेको बताइन् । पूजा अहिले फिल्म ‘रामकहानी’ को छायांकनमा व्यस्त छिन् ।
For More videos Log on to Mazzako TV








