‘शत्रु गते’ को ६ दिनको कलेक्शन कति ?

भोली शुक्रबारबाट दोश्रो हप्तामा प्रदर्शन हुने प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ ले ६ दिनको कलेक्शन सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको लागि वितरक बिके फिल्मस्को तर्फबाट गोपाल काजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुलीले संयुक्त रुपमा हिसाब सार्वजनिक गरेका हुन् ।

शुक्रबार देखि बुधबार सम्मको कलेक्सन अनुसार राजधानीमा ३ करोड २५ लाख ग्रस र मोफसलमा २ करोड ३७ लाख ग्रस गरेको छ । फिल्मले प्रदर्शनको छैठौ दिनसम्म ५ करोड ६२ लाखको कारोबार गरेको वितरकले जानकारी दिएका छन् ।


कलेक्सन सार्वजनिक गरिने क्रममा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य , किरण केसी , आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई उपस्थित थिए । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने, यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

For More videos Log on to Mazzako TV








