‘कृ’ निर्माताको पीडा–‘मलाई अपराधी बनाइयो’
फिल्म ‘कृ’का निर्माता सुवास गिरीले आफूलाई प्रहरीले अपराधीको जस्तो व्यवहार गर्दै हिरासतमा राखेको बताएका छन् । छलफलका लागि आफू प्रहरी परिसर, टेकु पुग्दा प्रहरीले हतकडी लगाएर मेडिकल जाँच गर्न लगेको उनले बताएका छन् ।
प्रहरीले विना कारण आफूलाई हिरासतमा राखेको भन्दै उनले कानुनी उपचारमा जाने बताएका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता गिरीले माथिल्लो आदेश भन्दै आफूलाई हिरासतमा राखिएको गुनासो गरे । उनले, निर्देशक शम्भु प्रधानले आफूलाई माथिल्लो निकायको पावरमा हिरासतमा राख्ने र पैसाको बार्गेनिङ गर्ने काम गरेको समेत आरोप लगाएका छन् ।
फिल्म ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीतमा शम्भु प्रधानले निर्माण तथा निर्देशन गरेको फिल्म ‘संझना’को गीतको केहि अंश मात्र समावेश गरिएको छ । तर, यहि कुरालाई आधार मानेर शम्भु प्रधानले आफूसँग पैसा असुल गर्न यो गेम खेलेको गिरीको आरोप छ ।
फिल्मका अर्का निर्माता भूवन केसीले शम्भु प्रधान जस्तो सिनियर मान्छेको यस्तो हर्कतले आफूलाई दुख लागेको बताए । शम्भु प्रधानले त आफूहरुलाई यो गीत बनाउँदा धन्यवाद दिनुपर्नेमा यस्तो व्यवहार गरेको भन्दै उनले दुख व्यक्त गरे ।
For More videos Log on to Mazzako TV