असारमा आकाश र आश्माको ‘ड्रिम गर्ल’
निर्माण भएका नयाँ फिल्मका निर्माताले आफ्नो प्रदर्शन मिति पनि तय गर्न थालेका छन् । नेपाल र थाइल्याण्डमा खिचिएको फिल्म ‘ड्रिम गर्ल’का निर्माताले पनि फिल्मको प्रदर्शन मिति तय गरेका छन् । अब, यो फिल्म असार २९ गतेबाट रिलिज हुनेछ ।

ऋषिराज आचार्यको निर्देशनमा तयार भएको यो फिल्मको शिर्ष भूमिकामा मोडल आश्मा गिरीको भूमिका छ । उनको साथमा फिल्ममा आकाश श्रेष्ठ, विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरविर पण्डित लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्मलाई २ करोडको लगानीमा निर्माण गरिएको ऋषिले दाबी गरेका छन् ।
फिल्ममा अर्जुन शर्मा, रोचा रोवन र रामेश्वर धिताल सह–निर्माताको रुपमा छन् भने ऋषि आफै यसका निर्माता हुन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा राहुल राइको छायांकन, नविन निरौलाको सम्पादन छ ।
For More videos Log on to Mazzako TV







