यति दर्शक फिल्मको पर्दामा एउटै कलाकारलाई हेरेर दिक्क हुन्छन् भने, अभिनेत्री प्रियंका कार्कीलाई हेरेर दिक्क हुनुपर्ने हो । अभिनेत्री प्रियंका कार्कीको फिल्म रिलिजको मितिलाई हेर्ने हो भने अस्तव्यस्त नै छ ।

करिब १ महिनामा उनका ४ वटा फिल्म रिलिज हुनेछन् । चैत्र ९ गते प्रियंकाले नै काम गरेको फिल्म ‘सत्रु गते’ रिलिज भयो । अब, चैत्र ३० गते प्रियंका नै अभिनेत्रीको रुपमा रहेको फिल्म ‘लिलिबिली’ रिलिज हुँदैछ । यो फिल्म चलेको २ सातापछि उनकै मुख्य भूमिका रहेको २ वटा फिल्म रिलिज हुँदैछन् ।

एउटा हो, ‘कोहलपुर एक्सप्रेस’ र अर्को हो ‘ह्याप्पी डेज’ । धेरै पटक सरेको फिल्म ‘ह्याप्पी डेज’ वैशाख १४ मा रिलिज हुँदैछ । यहि मितिमा प्रियंकाकै वरिपरी घुमेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिज हूँदैछ । एक महिनामा एउटै कलाकारको ४ वटा फिल्म रिलिज हुँदा दर्शकले कसरी पचाउलान् ?

For More videos Log on to Mazzako TV