केकीले बल्ल वुझिन् निर्माताको पीडा
अहिले धेरै कलाकार निर्माता बन्न थालेका छन् । फिल्म क्षेत्रमा लामो समय टिकिराख्न कलाकार निर्माता बन्ने बाटोमा लागेका हुन् । सायद, कलाकारहरु निर्माता बनिसकेपछि बल्ल निर्माताको पीडा वुझ्दैछन् । अभिनेत्री केकी अधिकारी पनि निर्माता बनेकी छिन् ।
उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ चैत्र १४ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको तयारीमा लाग्दा आफू फेन्ट मात्र हुन बाँकी रहेको केकीको अनुभव छ । केकीले आज आयोजना भएको पत्रकार सम्मेलनमा निर्माता बन्नुको पीडा सुनाइन् ।
उनले, फिल्म बनाएर तयार गर्न निकै गाह्रो भएको सुनाइन् । केकी अधिकारीले प्रचारमा साथ नदिदा धेरै निर्माता यसअगाडि हैरान बनेका थिए । सायद, अब केकीले निर्माताको पीडा वुझ्नि कि ?
For More videos Log on to Mazzako TV