तिर्सना वुढाथोकीलाई हेरेर ‘तिर्सना’ बनेकी ऋचा
अभिनेत्री ऋचा शर्माले मात्र होइन, केहि अभिनेत्रीहरुले केहि समय अगाडि मिडियामा अर्चना पनेरु र तिर्सना वुढाथोकी जस्ताले स्थान पाएको भन्दै गुनासो गरे । तर, यी पात्रविरुद्ध खनिएका कलाकार अहिले यीनकै सिको गर्दैछन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’मा अभिनेत्री ऋचा शर्मा ‘तिर्सना’ भन्ने पात्रको भूमिकामा छिन् ।

पत्रकारले कतै तपाइको भूमिका मोडल तिर्सना वुढाथोकीबाट प्रभावित भएको त होइन भनेर ऋचालाई प्रश्न सोधे । जसको जवाफमा ऋचाले, आफूले तिर्सनाको भिडियो ३ दिनसम्म हेरेको बताइन् । तिर्सनाको बोलीको शैली फरक रहेको भन्दै आफूले त्यसको सिको गरेको बताइन् ।
उनले, आफू फिल्ममा तिर्सना वुढाथोकी नभएर तिर्सना भएको बताइन् । निर्देशक विशाल भण्डारीले पनि तिर्सना वुढाथोकीको शैलीलाई फिल्ममा समावेश गरेको बताए । आखिर, कुनै समय यीनै पात्रविरुद्ध खनिने अभिनेत्री अहिले उनकै भिडियो हेरेर फिल्ममा काम गर्दैछिन् ।
For More videos Log on to Mazzako TV







