फिल्म ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीतले निम्त्याएको लफडा मिलेको छ । फिल्म ‘संझना’मा समावेश यो गीतको केहि अंश फिल्म ‘कृ’मा समावेश भएपछि यसका निर्देशक शम्भु प्रधान प्रहरी प्रधान कार्यलय, टेकुमा उजुरी दिन पुगेका थिए । शम्भुले दिएको उजुरीको आधारमा मंगलबार बेलुकी प्रहरीले फिल्मका निर्माता सुवास गिरीलाई पक्राउ गरेको थियो ।

गिरीलाई प्रहरीले मंगलबार बेलुकी हिरासतमा राखेको थियो । वुधबार बिहान निर्माता गिरी प्रधानलाई ११ लाख रुपैयाँ दिन र गीत युटुबबाट हटाउन राजी भएपछि सहमती भएको हो । सहमतीसँगै गिरी हिरासत मुक्त पनि भएका छन् ।

माघ २६ गतेबाट रिलिज भएको यो फिल्मको गीत फिल्म रिलिज भएको एक सातापछि मात्र युटुबमा रिलिज भएको थियो । युटुबमा आए लगतै शम्भु प्रधान उजुरी गर्न प्रहरी समक्ष पुगेका थिए ।

For More videos Log on to Mazzako TV