माघ १२ गते रिलिज गर्ने भनिएको अभिनेता नरेन खड्का अभिनित फिल्म ‘स्वर्ग मेरो गाउँ’ अब वर्ष २०७५ को वैशाख ७ गते प्रदर्शन हुने भएको छ । विविध कारणले पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेपनि अब वैशाख ७ गतेलाई फिल्मको रिलिज डेट फाइनल गरिएको निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले बताए ।

फिल्मले सहरबाट गाउँ घुम्न गएका युवतीहरू गाउँलाई नै स्वर्ग बनाउन लागेको कथाको वरिपरि फिलम घुमेको छ । फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पवन गौतमले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई यसका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रीति कौर र मिना निरौलाले ‘स्वर्ग मेरो गाउँ’ का गीतमा स्वर दिएका छन् । उक्त चलचित्रको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।

For More videos Log on to Mazzako TV