‘चाँदीको घेरा’ भन्ने बित्तिकै राजनीतिज्ञ तथा लेखक नरेश भण्डारीले लेखेको चर्चित पुस्तक भन्ने बुझिन्छ । तर अब चाँदीको घेरा पुस्तकलाई नाटकको रुपमा पनि मञ्चन गरिएको छ । पोखरामा भईरहेको राष्ट्रिय नाटक महोत्सवमा राजधानीबाट पुगेको सद्भाव नाट्य समुहले ‘चाँदीको घेरा’ प्रर्दशन गरेको हो ।

विश्व रंगमञ्च दिवसका दिन मञ्चन गरिएको नाटकले दर्शकको मन जितेको छ । कर्णालीको कथा, व्यथालाई कलात्मक अनि मार्मिक ढंगले प्रस्तुत गरिएको ‘चाँदीको घेरा’लाई रङ्गकर्मी टिकाभक्त जिरेलले नाट्यरुपान्तरण तथा निर्देशन गरेका हुन् ।

कर्णाली जस्तो प्रचुर सम्भावना बोकेको प्रदेश र त्यहाँका जनताले खेप्नु परेको दु:ख र पीडालाई नाटककले कलात्मक ढंगबाट बोलेको छ । नाटकको संवादमा पनि कर्णालीकै भाषा प्रयोग गरिएको छ, जसले गर्दा नाटक अवलोकन गर्दा निकै जीवन्त लाग्छ ।

चाँदीको घेरामा राम केसी, शिवप्रसाद अधिकारी, ज्योति राई , कुमार सिम्खडा , धुवसागर थापा, जितेन्द्र खड्का सिमन, महाविर विश्वकर्मा, निशा पाख्रिन, मुना कार्की र बाल कलाकार रिदम श्रेष्ठले अभिनय गरेका छन् । त्यस्तै, चाँदीको घेरामा मज्जाको टिभीकी प्रस्तोता अमृता खनालले पनि अभिनय गरेकी छिन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैते ८ गते देखी पोखरामा सुरु भएको राष्ट्रिय नाटक महोत्सव अन्तरर्गत चाँदीको घेरा प्रर्दशन गरिएको हो । यो नाटक महोत्सब १४ गतेसम्म चल्नेछ ।

For More videos Log on to Mazzako TV