दयाहाङ र सुरक्षाको टालाटुली बटुली (भिडियो)
अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘सनम माया ला को’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिनेता दयाहाङ र सुरक्षा पन्त फिचर छन् । निर्देशक एभरेष्ट सुर्य बोहराको शब्द, यम बरालको संगीत र अन्जु पन्तसंगै संगीतकार बरालले गीतमा स्वर दिएका छन् ।

गीतमा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, कुमार बस्नेत र यम बराल फिल्मका सह–निर्मातामा हुन् ।
सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । बनिष शाहले फिल्मको सम्पादन सम्हालेका छन् ।
For More videos Log on to Mazzako TV








