चंगा चेटमा २ प्रेम जोडी
फिल्म ‘चंगाचेट’को छायांकन सुरु भएको छ । रोचक कुरा के छ भने, यो फिल्ममा २ जोडी छन् । यो फिल्ममा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले एकसाथ पर्दा शेयर गर्दैछन् । फिल्ममा पनि यी दुई जोडीकै रुपमा देखिदैछन् ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्मलाई माधव वाग्लेले निर्देशन गर्दैछन् । फिल्ममा अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापा पनि छन् । यी दुई पनि प्रेममा रहेको चर्चा छ ।

तर, दुइले प्रेम स्विकार भने गरेका छैनन् । काठमाण्डौ, जनकपुरमा छायांकन हुने फिल्मलाई १ महिनामा सक्ने योजना दीपेन्द्रको छ । फिल्ममा रविन्द्र झा, सुरक्षा पन्त, माओत्से गुरुङ, परमिता एलआर राणाको पनि मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV







