के विग्रिएको हो सन्तोष र प्रदिपको सम्बन्ध ?
फिल्म ‘प्रेमगीत र प्रेमगीत २’ का कारण अभिनेता प्रदिप खड्काले बजारमा चर्चा पाए । उनलाई नेपाली फिल्म क्षेत्रका स्टारको रुपमा पनि हेरियो । अहिले उनलाई लिएर निर्माताहरु फिल्म बनाउन चाहिरहेका छन् । आशुसेन फिल्मस्मा हुँदा प्रदिपले बाहिरी ब्यानरमा काम गर्दैनन् भन्ने गसिप पनि चल्यो ।
तर, अहिले प्रदिप भकाभक अरु ब्यानरका फिल्ममा काम गर्दैछन् । प्रदिपले बाहिरी ब्यानरका फिल्ममा काम गर्नु, अभिनेत्री पूजा शर्मासँग सम्बन्ध सुधार्नु आदि कारणले अहिले उनको सम्बन्ध निर्माता सन्तोष सेनसँग विग्रिएको चर्चा हुन थालेको छ ।
सन्तोषले फिल्म ‘प्रेमगीत ३’मा प्रदिप हुन पनि सक्ने, नहुन पनि सक्ने बताउन थालेका छन् । यसको मतलब, बाहिरी ब्यानरमा प्रदिप व्यस्त हुन थालेपछि सन्तोष विकल्पको खोजीमा छन् । आशुसेन फिल्मस् प्रदिपका लागि लक्की साबित रह्यो ।
For More videos Log on to Mazzako TV