अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहने फिल्म ‘रोजी’ का लागि अभिनेत्री पनि फाइनल भएकी छिन् । यो फिल्मको निर्माण कम्पनी गोपिकृष्ण मुभिजले भने यसबारेमा केहि पनि बताएको छैन । यो फिल्ममा अभिनेत्री मिरुना मगरले प्रदिपसँग काम गर्न लागेको चर्चा छ ।

फिल्मलाई निर्देशक निरक पौडेलले निर्देशन गर्दैछन् । निरकले केहि दिन भित्र कार्यक्रम आयोजना गरेर मात्र यो फिल्मको बिषयमा जानकारी दिने बताएका थिए । पूजा शर्मा, अश्लेषा ठकुरी, जसिता गुरुङपछि प्रदिपले मिरुनालाई जोडी बनाउन लागेका हुन् ।

फिल्मको छायांकन वैशाखको पहिलो साताबाट सुरु हुनेछ । मिरुनाले फिल्म ‘लालपूर्जा’मा काम गरेकी थिइन् । तर, यो फिल्म पूर्ण रुपमा फ्लप भएपछि मिरुना खासै नोटिस भइनन् । प्रदिपसँग जोडी बाँधेपछि मिरुनाले चर्चा पाउने विश्वास निर्देशक निरकको छ ।

Image may contain: 1 person, smiling, standing, shoes and outdoor

 

For More videos Log on to Mazzako TV