‘लिलिबिली’ टीम मोफसल दौडाहामा, झल्कियो प्रदीपको क्रेज (फोटो फिचर)

यहि चैत ३० गते अलनेपाल प्रदर्शन हुने फिल्म ‘लिलिबिली’ मोफसल दौडाहामा रहेको छ । मोफसल देशदौडाहको क्रममा ‘लिलिबिली’ टिम चितवल पुगेको छ । देशदौडाह अन्तर्गत फिल्मको पहिलो सेड्युल आइतबारका लागि पोखरामा थियो । तर, खराब मौसमका कारण ‘लिलिबिली’ टिमको हवाईजहाज पोखरामा ल्याण्ड हुन् नसकेपछी पोखरा कन्सर्ट स्थगित भएको थियो ।

चितवनको कन्सर्ट पश्चात टिम पुर्वका दमक, इटहरी, धरान लगायतका शहरमा पुग्नेछ । यस टुर अन्तर्गत प्रदीप, जसिता, मिलन, सुदिपसँगै नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल रहेका छन् । बेलायत, स्कटल्याण्ड र टर्कीको स्थानबुलमा छायाँकन गरिएको ‘लिलिबिली’ हरेक नेपाली सिनेमाका फ्यानले गर्व गर्न लायक बनेको निर्देशक मिलन चाम्सले बताए ।

प्रदीपको क्रेज सोमबार चितवनको नारायणी किनारमा आयोजित कन्सर्टमा प्रदीपका फ्यानहरुले उनको क्रेज पुन एक पटक झल्काईदिएका छन् । प्रदीपलाई हेर्न मात्र हजारौ फ्यानको भिड थियो । सेल्फी लिनलाई फ्यानको तछाडमछाडले प्रदीपलाई स्टेजसम्म चढ्न हम्मेहम्मे परेको थियो । प्रदीपको यस्तै क्रेज ‘प्रेमगीत २’ रिलिज ताका पनि देखिएको थियो ।

फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।

For More videos Log on to Mazzako TV








