चलचित्र ‘नाईँ नभन्नू ल ५’ मा जोडीको रुपमा नयिका स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपाल देखा पर्दैछन् । यो जोडीका केही तस्वीरहरु यतिबेला सार्वजनिक भएका छन् । तस्वीरमा हेर्दा जोडी सुहाएको देखिन्छ, कत्तिको सुहायो भन्ने चाहि पछि सिनेमा रिलिज पछाडी नै भन्न सकिएला ।

झापाको बिर्तामोडबाट सोमबारदेखि औपचारिक सुटिङ आरम्भ गरेको ‘नाईँ नभन्नू ल ५’ बाट अर्की कलाकार सेड्रिना शमाले पनि डेब्यु गर्दैछिन् । यसपाली यो सिनेमामा कलाकारहरुको जम्बो टोली देख्न पाईनेछ । सिनेमामा प्रियंका कार्की, केकी अधिकारी, दिलिप रायमाझी, अनुभव रेग्मी, बुद्धि तामाङ्ग लगायतको अभिनय हेर्न पाईनेछ । सिनेमालाई बिकासराज आचार्यले निर्देशन गरिरहेका छन् ।

‘नाईँ नभन्नू ल ५’ को झापास्थित सालबारी पोखरीबाट सुटिङ सुरु भएको छ । पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले नै सट दिएका थिए ।

बिकासराज आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने फिल्मको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।

 

 

For More videos Log on to Mazzako TV