नेपालसंगै युकेमा मन पराइएको ‘ब्लाइन्ड रक्स’ अब ८ देशमा
मिलन चाम्स निर्देशित बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ विभिन्न ८ देशहरुमा प्रदर्शन हुने भएको छ । युके र अमेरिकासँगै सिङ्गापुर, अस्ट्रेलिया, क्यानाडा, साईप्रस, ब्रुनाई, जर्मनीलगायतका देशमा फिल्मको प्रदर्शन हुने भएको छ ।
अहिले आठ देशमा शो पक्का भैसकेको र अन्य देशहरुमा हल बुकिङको लागि पहल भैरहेको निर्माता निकेश लिम्बुले बताए । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ मा नायिका बेनिशा हमालले सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । उक्त भूमिकाबाट बेनिशाले मज्जाको प्रतिक्रिया समेत पाइन् ।
फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको कथा यम थापा र सुमन उप्रेतीले तयार पारेका हुन् ।
For More videos Log on to Mazzako TV