बैशाख २८ गतेलाई प्रदर्शनको तयारी गरिएकोे फिल्म ‘लम्फू’ मा समावेश ‘सुको नहोस् यार’ बोलको गीतको कभर डान्स प्रतियोगिता हुने भएको छ । फिल्मको डिजिटल अधिकार लिएको ‘हाईलाईट्स नेपाल’ ले कभर डान्स प्रतियोगिता गर्न लागेको हो । ‘लम्फू’ को यस गीतमा शिव परियारको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ ।

‘हाईलाइट्स नेपाल’ मा अपलोड गरिएको ‘सुको नहोस् यार’ बोलको गीतलाई इच्छुकले कभर भिडियो निर्माण गरेर  info@hightlightsnepal मा २०७५ बैशाख २० गते भित्रमा पठाउन पर्नेछ ।  कभर भिडियोको विजेताले नगद रु. ५० हजारको साथमा अन्य आकर्षक उपहारहरु जित्ने निर्देशक गोपाल चन्द्र लामिछानेले बताए । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ बैशाख ३१ गते विजेता घोषणा गरिनेछ ।

‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठका (तरकारीवाली), कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
’लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् ।

For More videos Log on to Mazzako TV