‘रोजी’ मा प्रदिप
अभिनेता प्रदिप खड्का फिल्म ‘लिलिबिली’ लगतै नयाँ फिल्ममा काम गर्न तयार भएका छन् । नेपाली फिल्ममा लभर ब्वाइको छवि बनाएका प्रदिपलाई लिएर गोपिकृष्ण मुभिजले नयाँ फिल्म बनाउन लागेको हो । लभ स्टोरी कथामा बन्ने फिल्मको नाम ‘रोजी’ राखिएको छ ।
यो फिल्मको अहिले कथाको काम भैरहेको छ । प्रदिप बाहेक अन्य कलाकार फाइनल भैसकेका छैनन् । गोपिकृष्णको ब्यानरमा बन्न लागेको यो फिल्मपछि मात्र प्रदिपले ‘भैरवी’ मा काम गर्नेछन् । सुवास गिरीले बनाउन लागेको फिल्मको छायांकन पोष्टपोन्ड भएको छ ।
अभिनेता खड्का ‘लिलिबिली’को प्रमोशनमा व्यस्त छन् । उनी, खाली भएपछि फिल्मको घोषणा गरिनेछ । निरकले फिल्म ‘कुसुमे रुमाल २, होमवर्क’ निर्देशन गरिसकेका छन् ।
For More videos Log on to Mazzako TV