‘रामकहानी’ पछि ‘डी फर डान्स’
अभिनेत्री पूजा शर्मा यतिबेला फिल्म ‘रामकहानी’ को छायांकनमा व्यस्त छिन् । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन् । कमेडी र लभ स्टोरी कथामा यो फिल्म बन्नेछ । यो फिल्मको रिलिज लगतै सुदर्शन र पूजा मिलेर नयाँ फिल्म बनाउनेछन् ।

यो फिल्म डान्सको कथामा निर्माण हुनेछ । नेपालमा डान्सको कथामा फिल्म खासै बनेका छैनन् । सुदर्शनले मुख्य भूमिकामा पूजालाई नै लिएर फिल्म बनाउन लागेका छन् ।

फिल्मको नाम ‘डी फर डान्स’ राखिएको छ । यो फिल्ममा केहि भारतीय रियालिटी शोका चर्चित डान्सहरुले पनि काम गर्नेछन् ।
For More videos Log on to Mazzako TV








