ओभरसिजबाट नै १ करोड भन्दा बढी रकम कमाइसकेको फिल्म ‘सत्रु गते’ले नेपालमा पनि बम्पर कमाई गरेको छ । यो फिल्मले ३ दिनमा ३ करोड भन्दा बढी कमाइ गरेको छ । शुक्रबार अपेक्षित व्यापार नगरेको फिल्मले शनिबार र आइतबारको बिदाको दिनमा भने बम्पर व्यापार गरेको छ ।

शनिबार करिब १ करोड ४३ लाख भन्दा बढीको व्यापार गरेको यो फिल्मले आइतबार १ करोड १२ लाखको व्यापार गरेको निर्माता किरण केसीले बताएका छन् । ३ दिनमा ३ करोड कमाउँदै फिल्मले नेपालबाट नै आफूलाई सुरक्षित राखिसकेको छ ।


बिदा भन्दा बाहेकका दिनमा फिल्मले कस्तो व्यापार गर्छ त्यो भने सोमबारको व्यापारबाट थाहा हुनेछ । फिल्म ‘जात्रा’ बाट फिल्म क्षेत्रमा हिट निर्देशकको छवि बनाएका निर्देशक प्रदिप भट्टराई दोश्रो पटक पनि सफल भएका छन् । मल्टिस्टारर कलाकार भएकाले पनि इनिसियल व्यापारमा फिल्मलाई फाइदा पुगेको छ ।

For More videos Log on to Mazzako TV