के साम्राज्ञीकै कारणले फिल्म हिट हुन्छ ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी हट केक हुन् । उनलाई सिनेमामा लियो भने फिल्म चल्छ भन्ने सोच निर्मातामा छ । यसैले पनि उनलाई लिएर फिल्म बनाउन निर्माताहरु तछाडमछाड गर्छन् ।
तर, अभिनेत्री साम्राज्ञीले भने आफ्नै कारणले मात्र फिल्म हिट नहुने तर्क पेश गरेकी छिन् । साम्राज्ञीले चितवनमा आयोजना भएको फिल्मको पत्रकार सम्मेलनमा आफ्ना कारणले मात्र फिल्म हिट नहुने बताइन् । उनले, फिल्म हिट हुनका लागि टिमको नै मिहिनेत आवश्यक रहेको बताइन् ।
लगातार २ फिल्म हिट भएपछि साम्राज्ञीलाई स्टारको संज्ञा दिइएको छ । तर, साम्राज्ञी भने आफूलाई सिनेमामा खेलाउँदैमा फिल्म हिट नहुने तर्क पेश गरिरहेकी छिन् । साम्राज्ञी अभिनित फिल्म ‘तिमी सँग’ चैत्र २३ गतेबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV