जब बर्षाले भनिन्, ‘दिदीको रोल चाँहि नगरौंहोला’
सिने बृत्तमा नायिकाहरुले बेला बेला दिदीको, आमाको, फूपुको या ‘मेनस्ट्रिम’ नायिकाको भन्दा बाहेक सपोर्टिङ्ग रोलहरु अस्विकार गर्दै आएका खबरहरु हामीले पनि सुन्न पाउछौं । यतिबेला यस्तै खबर छ तपाईलाई मज्जाको अनलाईनमा । केही अघि अभिनेत्री बर्षा सिवाकोटीले फिल्म ‘नाई नभन्नुल ५’मा फूपू बन्न अस्विकार गरेको खबर सार्वजनिक भएको थियो ।
अब, अर्की अभिनेत्री बर्षा राउतले पनि यो फिल्म नगरेको खबर सार्वजनिक भएको छ ।

निर्देशक विकासराज आचार्यले बर्षालाई फिल्ममा अफर गरेका थिए । बिकासले नायिका बर्षा राउतलाई ‘दिदीको भुमिका छ, तिमी गर्छौ कि गर्दिनौ ?’ भनेर सोधेका थिए । बर्षाले आफ्नो करिअर बामे सर्दै गरेकाले ‘अहिले नै दिदीको भूमिकामा चाँहि काम नगरौं होला’ भनेर जवाफ दिएकी थिईन् ।

बर्षालाई विकासले अभिनेत्री स्वस्तिमा खड्काकी दिदीको भूमिकामा अफर गरेका थिए । सो, भूमिका गर्न बर्षा राउतले मानिनन् । बर्षाको ठाँउमा यतिबेला अर्कै नायिकालाई लिईएको छ ।

अभिनेत्री बर्षा राउत नेपाली फिल्म क्षेत्रमा नायिकाको रुपमा चलिरहेकी छिन् । यस्तो समयमा उनले दिदीको भूमिकामा काम गर्न पक्कै उनलाई पनि सहज नहोला नै ।
For More videos Log on to Mazzako TV








