अभिनेता अनमोल केसी नेपाली फिल्ममा हाइ डिमाण्डेड छन् । उनका बारेका विभिन्न खबरहरु दैनिक सार्वजनिक हुन्छन्, भिडियो बन्छन् अनि गसिपमा उनको आगामी करियर यो र त्यो भन्ने अड्कलबाजी समेत हुने गरेका छन् । उनले अब के गर्लान् ? कस्तो चलचित्र उनको रोजाईमा पर्ला अब ?

मज्जाको अनलाईनका हाम्रा सम्पुर्ण पाठकहरुलाई हामी जानकारी गराउदछौ कि अनमोलले अब ‘क्याप्टेन’ नामक चलचित्रमा काम गर्दैछन् । यो कुरा स्वयं अनमोल र भुवन केसीले मज्जाको अनलाईनलाई बताएका छन् । बैशाखबाट छायांकन गर्ने अनि भदौमा रिलिज गर्ने भन्ने तयारी भएपनि अनमोलका लागि अन्य अफरहरु पनि आईरहेका छन् ।

‘क्याप्टेन’सँगै अनमोलले फिल्म ‘कृ २’मा काम गर्ने चर्चा पनि छ ।  तर, अनमोलले यो फिल्ममा संझौता नगरेसम्म उनले गर्छन् या गर्दैनन् पक्का भन्न सक्ने अवस्था छैन । तर निर्माता सुवास गिरीले भने अनमोललाई नै लिएर ‘कृ २’ बनाउने जानकारी गराएका छन् ।

त्यस्तै यसै बिचमा अनमोलले निर्देशक उज्ज्वल घिमिरेको फिल्म गर्न लागेको खबर पनि सार्वजनिक भएको छ । निर्माता भूवन केसीकै निर्माणमा बन्ने फिल्ममा अनमोलले काम गर्न लागेका हुन् । अहिले फिल्मको कथा लेख्ने काम भैरहेको छ । तर, यो बिषयमा निर्माण टोलीले केही बोल्न चाहेको छैन् ।

अब हेरौं, अनमोलले कुन चलचित्र पहिले गर्ने हुन् ? युवास्टार अनमोल केसीलाई हाम्रो तर्फबाट भने आगामी चलचित्रको लागि सफलताको शुभकामना ।

For More videos Log on to Mazzako TV