चितवन पुगेर साम्राज्ञीको यस्तो पोज (फोटो फिचर)
यतिबेलाकी ‘टक अफ द टाउन’ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले निकै ब्यस्त छिन् । उनको चलचित्र ‘तिमी सँग’ रिलिजको क्रम नजिकिदै गर्दा उनी सिनेमालाई लिएर निकै उत्साहित भएको देखिन्छ । बेला बेला बिभिन्न कन्ट्रोभर्सीमा आईरहने यि नायिका यतिबेला चितवन पुगेकी छिन् ।

ब्यस्तताका बाबजुत पनि साम्राज्ञी यतिबेला ‘तिमी सँग’ टिमसँग देशदौडाहामा निक्लिएकी छिन् । निर्देशक शिशिर राना, आकाश श्रेष्ठ, नाजिर हुसेन, साम्राज्ञी लगायत ‘तिमी सँग’ टिम चितवन पुगेर सिनेमाको बारेमा जानकारी गराएका छन् ।

दर्शकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्दै सिनेमाको बारेमा भएको जिज्ञासाहरुलाई मेटाउन यो टोली काठमाण्डौंबाट निक्लिएको हो । पत्रकारहरुलाई सिनेमाको बारेमा ‘तिमी सँग’ टोलीले जानकारी मात्र गराएन्, मज्जाले फोटो पोज दिन समेत भ्यायो ।

त्यस्तै यो समुह बुटवल र पोखरा पुग्ने कार्यक्रम पनि रहेकोछ । यही चैत्र २३ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ‘तिमी सँग’को गीतसंगीतले निकै राम्रो प्रशंसा पाएको छ । अब हेरौं चलचित्रले कस्तो प्रतिक्रिया प्राप्त गर्ने हो ?


Watch Mazzako Video Here :-
For More videos Log on to Mazzako TV








