‘नाई नभन्नु ल’ को सिरिज चलचित्र ‘नाई नभन्नु ल ५’ को शुभ मुहुर्तसँगै चलचित्रका नवनायक को हुन् ? भनेर चर्चा चलेको थियो । तर अबभने ति नायकको  बिषयमा समाचारहरु प्राप्त भईरहेको छ । बिकास राज आचार्यको निर्देशनमा बन्न लागेको यो सिनेमामा नायकको रुपमा अभिषेक नेपाल अनुबन्धित भएका छन् ।

को हुन त अभिषेक नेपाल ? अभिषेक अभिनयका बिद्यार्थी हुन् । उनले कान्तिपुर फिल्म एकेडेमीबाट अभिनयको प्रशिक्षण लिएका छन् । बिबिएका बिद्यार्थी समेत रहेका अभिषेक नाई नभन्नु ल ५ मा नायिका स्वस्तिमा खड्काको जोडीको रुपमा देखा पर्दैछन् । अब हेर्न बाँकी छ निर्देशक आचार्यको छनौटमा परेका यि नवनायकले कत्तिको कमाल गर्ने हुन, चलचित्र प्रर्दशनमा आएपछि थाहा भईहाल्नेछ ।

शनिवार मैतीदेवि मन्दिरमा पुजा गर्दै नाई नभन्नु ल को शुभमुहुर्त गरिएको हो । चलचित्रले चैत्र १२ गतेबाट फ्लोर ज्वाईन गर्ने छ । नायिका प्रियंका कार्की, बाल कलाकार अनुभव रेग्मी, केकी अधिकारी, दिलिप रायमाझी, स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतलाई पनि हेर्न पाईनेछ ‘नाई नभन्नु ल ५’ मा ।

तस्वीर सापटी -मेरो फिल्म डट कम

 

 

For More videos Log on to Mazzako TV