कालीप्रसाद बाँसकोटा भन्छन् ‘दाई नभन्नु ल’ (भिडियो)
पछिल्लो समयका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बाँसकोटाको नयाँ गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक भएको उनको गीत ‘दाई नभन्नु ल’ निकै रमाईलो छ । गीतको अडियो झै भिडियो पनि हेर्दा रमाईलो लाग्छ ।
‘कभर डान्स कम्पिटिसन’बाट आएको डान्स ग्रुप ‘क्रिष्टल क्लज डान्स ग्रुप’को अभिनय र डान्स रहेको यो गीतको भिडियोलाई सन्देश जंग राणाले निर्देशन गरेका हुन् ।
केटीहरुले किन प्राय जसलाई पनि ‘दाई’ भनि सम्बोधन गर्छन् ? अनि त्यसले कुनै केटाको मनमा कस्ता कुराहरु उब्जन्छन् भन्ने कुरा गीतले बोलेको छ । सदा झै यसपाली पनि कालीप्रसादको गीतमा ‘युनिकनेश’ देखिन्छ ।
हेर्नुस्, कालीप्रसादको दाई नभन्नु ल यस्तो छ ।
For More videos Log on to Mazzako TV