नायक प्रदिप खड्का र नायिका प्रियंका कार्कीले पहिलो पटक स्क्रिन सेयर गरेको चलचित्र ‘लिलिबिली’को नयाँ गीत रिलिज भएको छ । ‘हावा सरी’ बोलको यो गीतमा प्रदिप र प्रियंकाले खुलेरै रोमान्स गरेका छन् । इस्तानबुलको मनोरम दृश्यहरु कैद गरिएको यस गीतमा प्रदिप र प्रियंकाको केमेष्ट्री मिलेको देखिन्छ ।

यसअघि ‘दिदीभाई किन फिल्ममा खेलेको ?’ भन्ने प्रतिक्रियाहरु आम दर्शकबाट आएको भएपनि गीत हेर्दा दुईलाई फिट देखिएको छ । कविराज गहतराजको कोरियोग्राफीले गीतलाई निकै राम्रो बनाएको देखिन्छ । सुदिप बराललको छायांकनको त कुरै नगरौं, दृश्यांशले आँखालाई शितलता प्रदान गर्छ नै । अधिकांश छायांकन विदेशै गरिएको यो सिनेमाको सार्वजनिक यस गीतबाट निर्माण युनिटले निकै ठुलो आशा राखेको छ ।

एसडी योगीको संगीत तथा स्वर रहेको ‘हावा सरी’ बोलको यस गीतमा दिपेन्द्र घिमिरेको शब्द रचना छ । गीतमा नेपाल आईडलबाट चर्चामा आएकी गायिका मेनुका पौडेलको आवाज सुन्न पाईन्छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘लिलिबिली’मा प्रदिप खड्का, जसिता गुरुङ्ग, प्रियंका खड्का, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतको अभिनय रहेको छ । सिनेमा यही चैत्र ३० गतेदेखि प्रर्दशनमा आँउदैछ ।

 

For More videos Log on to Mazzako TV