प्रदर्शनरत फिल्म ‘शत्रु गते’ लाई दर्शकले रुचाएका छन् । शुक्रबार देखि प्रदर्शनमा आएको फिल्मको ब्यापार शनिवार आक्रामक देखिएको छ । शुक्रबार फिल्म हेरेका दर्शक मार्फत फैलिएको ‘वर्ड अफ माउथ’ का कारण शनिवार फिल्मलाई दर्शकको साथ् मिलेको छ । शनिवार राजधानीका अधिकाँस मल्टिप्लेक्स हाउसफुल रहयो भने मोफसलमा पनि अवस्था त्यस्तै रह्यो । राजधानीको क्युएफएक्स, बिग मुभिज , बिएसआर मुभिज लगायतका हलमा कयौ दर्शकले टिकेट पाएनन् भने गोपीकृष्णमा ६ हल, अस्टनारायणको ३ वटा, गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो ।


फिल्म हेर्ने दर्शकले फिल्मलाई रुचाएको निर्माण टीमले जनाएका छन् । फिल्म हेर्न स(परिवारनै आउनेको भिडभाड हलमा छ भने सबै समुहको दर्शकलाई यसले हलसम्म तान्न सफल भएको छ । फिल्मको कथा वस्तुसंगै यसको हासो र रोदनलाई दर्शकले रुचाएका छन् । फिल्म हेरिसकेका अधिकाँस दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन् भने दीपक राज गिरी अघिल्ला फिल्म भन्दा भिन्न रहेको प्रतिक्रिया दिएका छन् ।


फिल्मलाई ’जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

             

For More videos Log on to Mazzako TV