‘नार्इं नभन्नु ल’ को सिक्वेल चलचित्र ‘नार्इं नभन्नु ल ५’ को शुभमुहूर्त गरिएको छ । शनिवार राजधानीको मैतीदेवि मन्दिरमा पुजा गर्दै सिनेमाको शुभारम्भ गरिएको हो । चलचित्रले चैत्र १२ गतेबाट फ्लोर ज्वाईन गर्ने छ ।

सिनेमालाई निर्देशक बिकास राज आचार्यले निर्देशन गर्नेछन् । चलचित्रमा नायिका प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मी त दोहोरिने नै छन् तर यसपाली नायिका केकी अधिकारी, दिलिप रायमाझी, स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतलाई पनि हेर्न पाईनेछ ‘नाई नभन्नु ल ५’ मा ।

यसअघि अन्य कलाकारहरु अनुबन्धित भएपनि केकी अधिकारीले भने भर्खरै मात्रै यो टिमलाई ज्वाईन गरेकी हुन् । सिनेमाको स्क्रिप्ट सुनेपछि एकै बचनमा उनले चलचित्रका लागि ‘Yes’ भनेकी हुन् । ‘नाईं नभन्नु ल ५’ मा केकीको बिषेश अभिनय रहेको बताईएको छ । त्यस्तै सिनेमामा यसपाली नवनायकलाई देख्न पाईनेछ । को हुन त ति नवकलाकार भन्ने बिषयमा भने टिमले केही बताएको छैन ।

‘नाईं नभन्नु ल ५’ आगामी २०७५ को भदौ ८ गते सार्वजनिक प्रर्दशनमा आउने बताईएको छ । यो सिनेमामा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । ‘नार्इं नभन्नु ल ५’ मा स्क्रिप्ट राईटर सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद छ ।

For More videos Log on to Mazzako TV