प्रतिक्षित फिल्म ‘शत्रुगते’ आज अर्थात शुक्रबारबाट सार्वजनिक प्रदर्शनीमा आएको छ । वरिष्ठ तथा चल्तीका कमेडी कलाकार र युवा स्टारको अभिनय रहेको फिल्म हेर्ने दर्शकले मज्जाको प्रतिक्रिया दिएका छन् ।

राजधानी स्थित कुमारी हलमा गरिएको प्रेश शोमा पनि ‘शत्रुगते’ को प्रशंसा गरियो । फिल्मले हँसायो, फिल्म हेरेर निस्किएका सञ्चारकर्मीहरुले पनि मज्जाको प्रतिक्रिया दिए । लामो समयपछि ठुलो पर्दामा देखिएका वरिष्ठ कलाकार हरिवंश आचार्यले सबैको मन जिते । मदनकृष्ण श्रेष्ठको फिल्ममा छोटो मिठो रोल छ ।

प्रेश शोमा दिपकराज गिरीले फिल्ममा निभाएको आफ्नो भूमिकालाई दर्शकले मन पराइदिएको खुसी व्यक्त गरका छन् । फिल्म हेरेर निस्किएपछि अभिनेत्रीहरु दिपाश्री निरौला र प्रियंका कार्की भाबुक बने । चारैतिर फिल्मले प्रशंसा पाएपछि निर्देशक प्रदीप भट्टराई पनि दंग देखिन्थे । निर्माता किरण केसीले देशभर फिल्मको व्यापार राम्रो रहेको बताए ।

For More videos Log on to Mazzako TV