अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई हिजोआज स्लिम बन्ने रहर पलाएको छ । साम्राज्ञीलाई देख्ने जोकोहिले पनि उनी दुब्लाएको भन्छन् । आखिर, साम्राज्ञीलाई यसरि दुब्लाउन किन मन लागेको होला ? साम्राज्ञीका अनुसार अरुले मोटी भन्न थालेपछि उनलाई दुब्लाउन मन लागेको हो ।

तर, उनी दुब्लाउँदा दुब्लाउँदै निकै स्लिम बनिसकेकी छिन् । उमरे बढेपछि शरीरमा हड्डीको आकार बढ्ने भन्दै उनले अब शारीरिक रुपमा ध्यान दिन आवश्यक रहेको बताइन् । साम्राज्ञी अहिले निकै दुब्ली भएकी छिन् । फिल्म ‘तिमी सँग’को प्रचारमा दौडधुप गरिरहेकी यी अभिनेत्रीलाई स्लिम बनेको दर्शकले मन पराउलान् कि के गर्लान् त ?

For More videos Log on to Mazzako TV