चर्चा ‘कृ २’ को
फिल्म ‘कृ’ ले नेपालमा राम्रै कमाई गरेपछि यसका निर्माता सुवास गिरी पनि दंग छन् । अभिनेता अनमोल केसी पनि फिल्म हेर्न दर्शक हलमा आएपछि दंग छन् । यो फिल्म सफल भएसँगै अब यसका निर्माता सुवास गिरी यसको सिक्वेल बनाउनेतर्फ लागेका छन् । फिल्मको जापान र हङकङमा समेत राम्रो दर्शकको साथ मिलेपछि अभिनेता अनमोल केसी उत्साहित छन् ।

अब, निर्माता सुवास गिरीले अभिनेता अनमोल केसीलाई नै लिएर फिल्म ‘कृ २’ बनाउने भएका छन् । जापान जाने समयमा अनमोल र सुवासविच मौखिक सहमती भएको छ । मौखिक सहमती अनुसार अनमोल होम प्रोडक्शनको फिल्म ‘क्याप्टेन’ पछि ‘कृ २’लाई समय दिन तयार छन् । फिल्मका लागि निर्देशक को हुने भन्ने तय भएको छैन ।
यस बिषयमा अनमोलले केहि पनि भनेका छैनन् । अनमोल बाहेक अन्य कलाकार नयाँ हुने चर्चा छ ।
For More videos Log on to Mazzako TV








