नायिका ऋचा शर्माको निर्माण तथा अभिनय रहेको फिल्म ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको डरलाग्दो ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्म ‘सुनकेसरी’ जनरा नै हरर हो ।

जेठ ११ गते प्रदर्शन हुने फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा नै भएको फिल्मलाई अर्पन थापाले निर्देशन गरेका हुन् । २ करोडको बजेटमा निर्माण गरिएको फिल्मले राम्रो ब्यापार गर्नेमा निर्मात्री तथा अभिनेत्री ऋचा ढुक्क छिन् ।
फिल्ममा ऋचासंगै भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतको अभिनय छ । ऋचाले भीम न्यौपानेसँगको सहकार्यमा फिल्म निर्माण गरेकी हुन् ।

फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ ।

 

For More videos Log on to Mazzako TV