अभिनेता सलिनमान बनियाँको डिमाण्ड फिल्म क्षेत्रमा चुलिएको छ । यस्तो, डिमाण्ड भएको बेलामा पनि उनी काम नगरि चुजी बनेका छन् । सलिनमानलाई खोज्नका लागि निर्माता तछाडमछाड गरिरहेका छन् । तर, सलिनमानले फिटिक्कै फिल्म गर्दैनन् ।

उनले अहिले कथा त पढिरहेका छन् । तर, गर्छु भनेर स्विकार गरेका छैनन् । उनले फिल्म क्षेत्रमा डेब्यू गरेको कम्पनी एस के थापा प्रोडक्शनले नयाँ फिल्म बनाउँदैछ । यो फिल्ममा सलिनमान नै हिरो हुने कुरा छ । तर, सलिनले यो फिल्म साइन गरेका छैनन् ।

निर्माता केशव भट्टराइले निर्माण गर्न लागेको नयाँ फिल्ममा पनि सलिन फाइनल भएको कुरा थियो । तर, अझै उनले यो फिल्मका लागि फाइनल जवाफ दिएका छैनन् । आखिर, सलिनले कसको फिल्म गर्लान् ?

 

For More videos Log on to Mazzako TV