‘शत्रु गते’ले कति कमाउला ?

फिल्म ‘जात्रा’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक प्रदिप भट्टराइको निर्देशनमा तयार भएको दोश्रो फिल्म ‘शत्रु गते’ भोलीबाट रिलिज हुँदैछ । यो फिल्मले देशभरका मल्टिप्लेक्समा उच्च शोज पाएको छ । जसलेगर्दा पनि यसको कमाइलाई लिएर विभिन्न खालका अड्कल हुन थालेको छ ।

फिल्मले १० करोड भन्दा माथिको कमाई गर्ने अनुमान धेरैको छ । यो फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा ३१ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

यो नेपाली फिल्मका लागि उच्च शो हो । नयाँ नेपाली र हिन्दी फिल्म नहुनुले पनि यो फिल्मलाई फाइदा भएको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेलको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV








