अभिनेत्री पूजा शर्मा र अभिनेता प्रदिप खड्का ३ बर्षपछि एकसाथ देखिएका छन् । पूजा र प्रदिपविच ३ बर्षदेखि बोलचाल थिएन । तर, अब भने उनीहरुले मुख फोरेका छन् । बिहिबार स्टार मलमा यी दुइको जम्काभेट हुँदा माहोल रमाइलो बनेको थियो ।

सो माहोलमा सुरुवातमा बोल्न आनाकानी गरेका पूजा र प्रदिपले पछि भने मिडियाको अगाडि तस्बिर नै खिचाए । फिल्म ‘प्रेमगीत’मा एकसाथ काम गरेका यी दुई यसपछि भने एक अर्कासँग बोल्न छाडेका थिए ।

बोलचाल नै बन्द गरेर बसेका यी दुइले ३ बर्षपछि मुख फोरेका छन् । अब, यी दुइलाई पर्दामा हेर्न चाहने दर्शकको मनमा एक प्रकारको राहत भने पुगेको छ ।

For More videos Log on to Mazzako TV