अभिनेता प्रदिप खड्का अहिले दबाब महशुश गरिरहेका छन् । उनी अभिनित फिल्म ‘लिलिबिली’ को रिलिज मिति नजिकिदै जाँदा उनले दबाब महशुश गर्न थालेका हुन् । यो फिल्म प्रदिपका लागि चल्नैपर्ने हुन्छ । कारण, यो फिल्मलाई बोक्नुपर्ने जिम्मा प्रदिपको काँधमा आएको छ । अर्कोतिर, प्रदिपले यो फिल्मका लागि २२ लाख पारिश्रमिक लिएका थिए ।

यसैले, यो पारिश्रमिक लिनुको अर्थ पनि प्रदिपले पुष्टी गर्नुपर्नेछ । यसकारण, पनि अहिले उनी दबाब महशुश गरिरहेका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की मुख्य भूमिकामा छन् ।

गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सले यो फिल्म निर्माण गरेका हुन् । चैत्र ३० गतेबाट यो फिल्म रिलिज हुँदैछ । फिल्मको मिडिया प्रचारदेखि दौडधुपमा पनि प्रदिप आफैले नै ध्यान दिइरहेका छन् ।

 

For More videos Log on to Mazzako TV