के विकिनी लगाउन विकिनी शरीर बनाउँदैछिन् बर्षा ?
अहिले नेपाली फिल्मका कलाकार आफ्नो शरीरमा निकै ध्यान दिन थालेका छन् । विशेषगरि, अभिनेत्रीहरु स्लिम फिगरको रहरमा लागेका छन् । अभिनेत्री बर्षा सिवाकोटी भने अरुलाई उछिन्दै विकिनी बडी बनाउन लागिपरेकी छिन् ।

केहि समयदेखि उनी नियमित व्यायममा व्यस्त छिन् । बर्षाका अनुसार, उनले ५ केजी तौल घटाइसकेकी छिन् । अझै, ५ केजी तौल घटाउने उनको तयारी छ । कुल १० केजी तौल घटाएपछि विकिनी बडि बन्ने उनले बताएकी छिन् ।

कतै, विकिनी बडी बनाएर फिल्ममा विकिनी लगाउने उनको तयारी त होइन ? बर्षा आफूले फिल्ममा विकिनी भने नलगाउने बताउँछिन् । फिल्म ‘जय शम्भु’मा काम गरिरहेकी बर्षा यसपछि फिल्म ‘विर विक्रम २’मा काम गर्ने तयारीमा छिन् ।
For More videos Log on to Mazzako TV








