सोफियाले किन गरिन् अनमोलको चर्चा
साउदी अरब सरकारले विश्वमै पहिलो पटक रोबोटलाई नागरिकता दियो । रोबोट सोफिया नागरिकता पाउने पहिलो रोबोट हुन् । उनै, सोफिया अहिले नेपालमा छिन् । नेपालमा उनले वार्तालापको क्रममा नेपाली फिल्म क्षेत्रमा सुपरस्टार अभिनेता अनमोल केसीको नाम लिइन् ।

सोफियाले अनमोलको नाम लिएपछि अहिले अनमोलको चर्चा चुलिएको छ । यूएनडीपीका नेपाल प्रतिनिधिले सोफियासँग कुरा गरेका थिए । सोफियाले प्रस्तोतालाई कतै देखेको भनेपछि उनले आफू छोटो कपाल भएको अनमोल केसी भनेका थिए । तर, सोफियाले भने उनीलाई अनमोल केसी होइनौ भनिन् ।
उनले, कुराकानीको क्रममा अनमोलको नाम धेरै पटक लिइन् । सोफियाले भारतमा भएको कुराकानीका क्रममा विश्वमा आफूलाई मनपर्ने अभिनेता साहरुख खान रहेको बताएकी थिइन् ।
For More videos Log on to Mazzako TV








