चैत २३ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ’तिमीसँग’ को शीर्ष गीतको भिडियो सार्वजनिक भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी गीतको भिडियो सार्वजनिक गरिएको हो ।
केही दिनअघि सार्वजनिक भएका फिल्मको ट्रेलर र ‘लडेँ लडेँ समाऊ मलाई’ बोलको गीतले मज्जाको प्रतिक्रिया पाइरहेका बेला शीर्ष गीत सार्वजनिक गरिएको हो ।


लेखु सहयात्रीले लेखेको शीर्ष गीतमा राहुल मुखर्जीको संगीत तथा राहुल र मधुरा भट्टाचार्यको स्वर छ । गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय छ । घान्द्रुक, पुनहिल, अन्नपूर्ण बेसक्याम जस्ता रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् ।
फिल्म युनिटले शीर्ष गीतको भिडियो सहित फिल्ममा समावेश ५ गीतको एल्बम पनि सार्वजनिक गरेको छ।

For More videos Log on to Mazzako TV