फिल्म ‘सिवानी’को निर्माण हुने भएको छ । यो फिल्मको सोमबार शुभमुहुर्त गरिएको छ । फिल्मको मुहुर्त सकेर यसको निर्माण टिम छायांकन स्थलतर्फ लागेको छ । फिल्मको छायांकन सर्लाही, जनकपुरमा हुनेछ । यो फिल्ममा अभिनेता सविन श्रेष्ठ, अभिनेत्री छुल्ठिम गुरुङ र खुश्वु खड्का मुख्य भूमिकामा छन् ।

फिल्मलाई एक महिनामा खिचिने निर्माण टोलीले जानकारी दिएको छ । फिल्मले एक बालकको कथालाई पर्दामा प्रस्तुत गर्नेछ । यो फिल्मलाई यूपी खड्काले निर्देशन गर्दैछन् ।

रामजी लामिछानेको नृत्य निर्देशन, पवन गौतमको छायांकन रहेको फिल्मका निर्माता सुरेश खड्का हुन् । फिल्म क्षेत्रमा सविन, छुल्ठिम र खुश्वु खासै चलेका छैनन् । यो फिल्मले यी तिनलाई चलायमान बनाउला त ?

 

For More videos Log on to Mazzako TV