अभिनेत्री मरिष्का पोख्रेलको चर्चा नेपाली फिल्ममा औषत छ । उनले फिल्ममा काम त पाएकी छन्, तर जुन खालको हाइप हुनुपर्ने हो त्यो छैन । यसो नहुँदा मरिष्काका लागि उनले काम गरेका फिल्म चल्न जरुरी छ ।

मरिष्का अभिनित फिल्म ‘लम्फू’ वैशाख २८ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको ‘दोधारमा’ बोलको गीत सोमबार युटुबमा आयो । फिल्मका कलाकारदेखि मिडियाले गीतलाई उच्च प्राथमिकता दिए । तर, गीतमा मुख्य रुपमा फिचर भएकी अभिनेत्री मरिष्का पोख्रेलले भने गीतलाई रिलिज भएको २ दिनपछि मात्र फेसबुकमा गीत शेयर गरिन् ।

यसले पनि कतै मरिष्का र लम्फू टिमको सम्बन्ध खासै राम्रो छैन कि भन्ने देखाउँछ । यो फिल्म चलेको खण्डमा मरिष्कालाई फाइदा हुनेछ ।

 

For More videos Log on to Mazzako TV