चैत्र ९ गतेबाट फिल्म ‘सत्रु गते’ को मुख्य जोडी हुन् अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा । यो फिल्मकै कारण पलले अन्य फिल्म साइन गरेका छैनन् । फिल्मको अफर लिएर आउनेलाई ‘सत्रु गते’ रिलिज अगाडि अरु फिल्म नखेल्ने भन्दै फर्काएका पनि छन् ।

तर, फिल्म नखेलेका पलले अभिनय गरेका म्यूजिक भिडियो भने युटुबमा दैनिकजसो रिलिज भैरहेको छ । अझ, धेरै भिडियोमा त पल र आँचलको जोडी छ । पल र आँचलको जोडी रुचाइएको शंका छैन । तर, फिल्म नखेली बसेका पलले म्यूजिक भिडियो खेल्ने क्रम भने रोकेका छैनन् ।

सायद, यसबाट उनलाई राम्रै कमाई त भएको होला । तर, पल र आँचलको यो शैलीले ‘सत्रु गते’ निर्मातालाइ भने असर पर्ने हो कि ?

 

For More videos Log on to Mazzako TV