चैत ३० गतेदेखि सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ‘नेप्टे’को पोष्टरहरु रिलिज गरिएको छ । सिनेमाको पोष्टरमा दयाहाङ राई, छुल्ठिम गुरुङ्ग, वुद्दि तामाङ, रोहित रुम्बा, ए गुरुङलगायत कलाकारहरुलाई देख्न सकिन्छ ।

यसअघि रिलिज भएको ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतका कारण दर्शकमाझ प्रतिक्षित बनेको यस सिनेमाको पोष्टरले पनि झन कौतुहलता थपिदिएको छ । उसो त सिनेमाको ट्रेलरलाई पनि र्दशकहरुले निकै रुचाएका छन् ।

चलचित्र ‘नेप्टे’लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको यो चलचित्रलाई रोहित आफैंले लेखेका हुन् भने निर्माण पनि उनको नै हो। सिनोलाई हरी घले लामाले खिचेका हुन् । संगीत बाबु बोगटी, सन्तोष राज, ओम सुनारको छ ।

For More videos Log on to Mazzako TV