सुहाएको पूजा र आकाशको जोडी
अभिनेत्री पूजा शर्मासँग काम गर्ने अभिनेताको चर्चा जहिले पनि हुुन्छ । पूजा अहिले अभिनेत्री मात्र नभएर निर्मात्री पनि हुन् । यसैले, उनले आफ्नो ब्यानरमा कुन हिरो भित्राउछिन् भन्ने कौतुहलता सबैमा हुनु स्वभाविक नै हो ।
अभिनेत्री शर्मा अहिले फिल्म ‘रामकहानी’मा काम गरिरहेकी छिन् । सुदर्शन थापाले निर्देशन गरिरहेको यो फिल्ममा पूजाको जोडी अभिनेता आकाश श्रेष्ठ छन् । आकाश यो टिममा प्रवेश गरेसँगै विभिन्न खालका बहस सुरु भएका थिए । तर, फिल्मको सेटबाट बाहिर आएका केहि तस्बिरमा भने आकाश र पूजाको जोडी जमेको छ ।
आकाशसँग नजिक देखिएकी पूजा उनीसँग मस्ती मुडमा छिन् । फिल्म भदौ २२ गतेबाट रिलिज हुँदैछ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको फिल्मले आकाशलाई नयाँ उचाइमा लैजाने धेरैको विश्वास छ ।
For More videos Log on to Mazzako TV