खै त दर्शक ?
चैत्र २ गते काठमाण्डौका भित्ताभरी नयाँ फिल्मका पोष्टर देखिए । करिब आधा दर्जन फिल्म यो मितिमा रिलिज भएका थिए । तर, आधा दर्जन फिल्म हेर्नका लागि हलमा दर्शकको उपस्थिती भने फितलो देखियो । फिल्म ‘पंचायत’ चर्चामा थियो भने, अरुको खासै चर्चा थिएन ।

प्रिमियरबाट नै तारिफ कमाएको फिल्म ‘पंचायत’ले औषत व्यापार गरेपनि अन्य फिल्म खुइलिए । अहिले हलमा दर्शक नै आउन छाडेका छन् । फागूणमा रिलिज भएका फिल्ममा ‘कान्छी र मंगलम’ले शनिबारका दिन केहि नाम चलेका सिंगल हलमा दर्शक तानेपनि अन्य ६ वटा फिल्म पुरै असफल भए ।
अब, कुन फिल्म हेर्न दर्शक आउलान् भन्ने प्रतिक्षा गर्नुपर्ने अवस्था छ । आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्म ‘सत्रु गते’ले दर्शक तान्ने आशा गरिएको छ । हेरौ, यो फिल्म हेर्न दर्शक कत्तिको हलमा आउने हुन् ।
For More videos Log on to Mazzako TV








