‘छक्का पन्जा ३’ मा पनि प्रियंका
अभिनेता दीपकराज गिरी र अभिनेत्री प्रियंका कार्कीको जोडी निरन्तर फिल्ममा काम गरिरहेका छन् । यो जोडीले अहिलेसम्म ४ वटा फिल्ममा काम गरिसक्यो । अब, कलाकार तथा निर्माता दीपकराज गिरी नयाँ फिल्म निर्माणको तयारीमा छन् ।

फिल्मको नाम हो, ‘छक्का पन्जा ३’ यो फिल्ममा अहिलेसम्म को कलाकार हुने सार्वजनिक गरिएको छैन । तर, यो फिल्ममा अभिनेत्री प्रियंका कार्की फाइनल भएको श्रोतको दाबी छ । फिल्ममा प्रियंका दीपकको जोडीकै रुपमा देखिनेछिन् ।
दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्मको छायांकन वैशाखबाट सुरु हुँदैछ । फिल्मलाई दशैको फूलपातिमा रिलिज गर्ने तयारी गरिएको छ । प्रियंका र दीपकले ‘छक्का पन्जा ३’मा काम गरेपछि, उनीहरुले एकसाथ काम गरेको फिल्मको संख्या ५ पुग्नेछ ।
For More videos Log on to Mazzako TV








