बल्ल आयो बुद्ध लामाको गीत, पल र आँचलले दिए साथ (भिडियो)
नेपाल आईडल बुद्ध लामाको पहिलो गीत सार्वजनिक भएको छ । यो रियालिटी शोको प्रतिस्पर्धाबाट बाहिरीएका धेरै प्रतिस्पर्धीहरुको गीत बजारमा आएको निकै लामो समय भइसक्दा पनि आईडल बनेका बुद्धको आफ्नै गीत भने दर्शकले सुन्न पाएका थिएनन् । तर, अन्तत: उनले पनि गीत बजारमा लिएर आएका छन् ।
बुद्धले गाएको यो गीतमा हरि लम्सालको संगीत छ भने शब्द सुरेश वाग्लेको रहेको छ । गीतको अडियो झै भिडियो पनि निकै आर्कषक देखिन्छ । भिडियोमा अहिलेका चर्चित नायक नायिका पल शाह र आँचल शर्मालाई फिचर गरिएको छ । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
आईडल बनेपछि बुद्ध लामाले पैसा र गाडी नपाएको भन्ने बिषयले सामाजिक सञ्जालहरुमा निकै राम्रो स्थान पाएको थियो । अब हेर्न बाँकी छ बुद्ध लामालाई उनको आफ्नो गीतले भने कत्तिको चर्चा दिलाउने हो ।
For More videos Log on to Mazzako TV