तीन युवाहरुको विदेशको चक्कर, पान अनि सुटकेशको मज्जाको कथा, चलचित्र ‘अमेरिका बोइज’ । हेर्दा निकै रमाईलो लाग्ने यो सिनेमाको प्रचार सामाग्रीले सिनेमा कस्तो होला भनेर कौतुहलता बढाईदिएको छ । भर्खरै युट्युबबाट सार्वजनिक गरिएको सिनेमाको टिजरले साकारात्मक प्रतिक्रिया पाईरहेको छ ।

प्रवेश पौडेलले निर्देशन गरेको यो सिनेमामा ३ यूवाहरुले गर्ने एउटा गल्ती र त्यसले उत्पन्न हुने समस्याको वरिपरी नै यो कथा घुम्छ ।

‘अमेरिका बोइज’मा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, अभय बराल, आशिस प्रसाईं र श्रृष्टी कार्कीको अभिनय हेर्न पाईन्छ ।सिनेमालाई प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलले मिलेर बनाएका हुन् ।

 

 

For More videos Log on to Mazzako TV